माग कार्यान्वयनको खाकामा हस्ताक्षर भएपछि मात्र अनशन तोड्छु: तिलक कोइराला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 12:28:38 PM मा प्रकाशित

laxmi bank

पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले तत्काल समिति गठन गरि समस्या समाधान गर्नको लागि माग गरेका छन् । कोइरालाले धितोपत्र  बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई पत्र लेख्दै पहिले समिति गठन भएर मागहरुका बारेमा बूंदागत रुपमा समय सिमासहित कार्यान्वयनको खाकामा सहमत भई हस्ताक्षर भएपछि मात्र अनशन तोडिने बताएका हुन्। 

उनले आन्दोलन र आमरण अनशन अन्त्य गरे पश्चात मात्र १९ बुंदे मांग सम्बोधन गर्नका लागि समस्या समाधान समिति गठन गरिनेछ भनेर राखिएको शर्त अमान्य भएको जानकारी बोर्ड अध्यक्षलाई गराएका छन्। बोर्डले हिजो बुधबार आमरण अनशन अन्त्य गरे पश्चात मात्र १९ बुंदे मांग सम्बोधन गर्नका लागि समस्या समाधान समिति गठन गर्ने प्रस्ताव गरेको थियो । सो प्रस्ताव मान्य नहुने भन्दै कोइरालाले हिजो नै पत्र फिर्ता पठाईदिएका थिए । 

त्यस्तै कोइरालाले समस्या समाधान समितिमा कस कसलाई पठाउने भन्ने कुरा धितोपत्र बोर्डको छनौटको कुरा नभई संघर्ष समितिको संयोजकको अधिकार क्षेत्र भित्रको कुरा भएको समेत बताएका छन् । उनले सो शर्त हटाई सुधारिएको दोस्रो पत्र प्राप्त भएपश्चात समितिवाट सात जनाको नाम पठाईने जानकारी बोर्ड अध्यक्ष हमाललाई जानकारी गराएका छन् ।

पूँजी बजारको अहिलेको संबेदनशिलता, जटिलता, विग्रदो अवस्था र आफ्नो स्वास्थ्य अवस्था विचार गरी आजै समिति गठन, बैठक, खाका तयार र हस्ताक्षर गरी आमरण अनशन तोडेर आम लगानीकर्ताहरुको मनोभावना सुदृढ बनाउँन आँतुर रहेको समेत कोइरालाले उल्लेख गरेका छन्।

कोइराला असार १ गतेदेखि विभिन्न १९ बुँदे माग राखेर नेपाल धितोपत्र बोर्डको कार्यालय अगाडी आमरण अनसनमा  छन् । ९ दिन देखि अनसन बसेका उनको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved