सान्जेन जलविद्युत कम्पनीले पायो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 05:00:12 PM मा प्रकाशित

laxmi  sunrise bank

 सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गर्नको लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज असार ९ गते कम्पनीलाई शेयर निष्काशनको  लागि अनुमति प्रदान गर्न लागेको हो ।

सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।  शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ भने सनराइज क्यापिटल तथा एनएमबि क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन्। 

कम्पनीले यस अघि नै सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेको छ । तर आयोजना प्रभावित स्थानीयलाई भने शेयर निष्काशन गरिएको थियो ।   कम्पनीले मङ्सिर २० गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

सान्जेनले  ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको  छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved