सानिमा र सिद्धार्थ बैंकको ऋणपत्र आजदेखि बिक्रि खुला, कुनले दिन्छ बढी ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2022 | 08:14:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक र सिद्धार्थ बैंकले आज असार १० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेका छन्। सानिमाले ५ अर्बको ऋणपत्र निष्काशन गरेको हो भने सिद्धार्थले ४ अर्बको ऋणपत्र निष्काशन गरेको हो । 

सानिमा बैंकले   १,००० अंकित दरको ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये ३० लाख कित्ता अर्थात् ३ अर्ब बराबरको ऋणपत्र निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र बाँकि २० लाख कित्ता अर्थात् २ अर्ब बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । यस ऋणपत्रमा सामुहिक लगानी कोषले आवेदन दिएका छैनन्  । ऋणपत्र निष्काशनको लागि आरविवी मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । 

यस ऋणपत्रमा छिटोमा असार १४ र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम २० लाखकित्तासम्मको लागि आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।  

त्यस्तै सिद्धार्थले  १,००० अंकित दरको ४० लाख कित्ताले हुन आउने ४ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड बराबरको ऋणपत्र निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र बाँकि १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ ।  ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

यस ऋणपत्रमा छिटोमा असार १४ र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.७५  प्रतिशत ब्याज प्रदान गर्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved