नेपाल फाइनान्सले असार १७ देखि १४ लाख कित्ता बढी शेयर लिलाम गर्ने , कहाँ दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2022 | 09:38:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाइनान्स लिमिटेड Nepal Finance  ले असार १७ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ  । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएका  कुल १४ लाख ३९ हजार ४ सय १२ दशमलव २७५ कित्ता शेयर लिलाम गर्ने भएको हो  ।

जस मध्ये ११ लाख ३६ हजार ७ सय १६ दशमलव १८७ कित्ता शेयर संस्थापक समुहको रहेको छ भने बाँकि ३ लाख २ हजार ६ सय ९६ दशमलव ८८ कित्ता शेयर सर्बसाधारण समुहको रहेको छ  ।

कम्पनीले यी शेयर असार १७ गतेदेखि असार २४ गतेसम्म लिलाम गर्न लागेको  हो  । शेयर लिलामीको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । इच्छुक लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालय कमलादी, प्रभु बैंकका शाखा कार्यालयहरु बिराटनगर, बिरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिने छ  । त्यस्तै नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी तथा शाखा कार्यालयहरु बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमाबाट आवेदन दिन सकिने छ  ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ कायम गरिएकोले लगानीकर्ताले सो मूल्य भन्दा बढी कबुल गरेर आवेदन दिनु पर्ने छ  । आवेदन दिंदा न्युनतम १०० कित्ता र १० ले भाग जाने गरि अधिकतम पुरै कित्ताको लागि समेत आवेदन दिनु पर्ने छ  । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।  

संस्थापक शेयरको हकमा पहिलो प्राथमिकता हाल बिद्यमान संस्थापक शेयरधनीलाई दिईने कम्पनीले जनाएको छ  । यद्यपि संस्थापक शेयरको लागि पनि जो कोहिले आवेदन दिन सक्ने छन्  । संस्थापक शेयरको लागि आवेदन दिंदा राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड प्रपर टेस्ट, कर चुक्ताको प्रमाणपत्र, कालोसूचीमा नरहेको पत्र, कर चुक्ता विवरण लगायतका कागजात पेश गर्नु पर्ने छ  । 

कम्पनीले जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म  १ कित्ता बराबर ०.७० कित्ता हकप्रद अर्थात् ७० प्रतिशत हकप्रद निष्काशन गरेको हो। कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४ सय २८ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ दशमलव २७५० कित्ता हकप्रद निष्काशन गरेको थियो ।  हकप्रदमा बिक्रि नभएको शेयर लिलाम गर्न लागिएको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved