३ वटा लगानीकर्ता संगठनले गरे १९ बुँदे सहमतिको स्वागत, बोर्ड अध्यक्षलाई दिए धन्यवाद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2022 | 02:59:02 PM मा प्रकाशित

laxmi sunrise bank

विभिन्न ३ वटा लगानीकर्ता संगठनहरु पुँजी बजार सुधार समिति र नेपाल धितोपत्र बोर्डबीच भएको १९ बुँदे सहमतिको स्वागत गरेका छन् । नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै १९ बुँदे सहमतिको स्वागत गरेका हुन्।

उनीहरुले यस सहमतिको लागि बोर्ड अध्यक्षलाई धन्यवाद समेत दिएका छन् । विज्ञप्तिमा भनिएको छ 'आम लगानीकर्ताहरुको समसामयिक माग लाई एकिकृत गर्दै १९ बुँदा माग राखेर नेपाल सरकारलाई ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको आन्दोलन आम लगानीकर्ता माझ सर्व विदितै छ। नेपाल धितोपत्र वोर्डले जाहेज मागहरूलाई सम्बोधन गर्दै कार्यान्वयन समिति गठन गराउनु भएकोमा देहायका संघ संगठनहरू द्वारा नेपाल धितोपत्र वोर्डका अध्यक्षज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।'

यसै सन्दर्भमा मिती २०७९-३-७ मा धितोपत्र बोर्डले गरेको पत्रकार सम्मेलनमा उल्लेख भएका केही बुँदाहरूलाई आफुले सकारात्मक रूपमा लिएका पनि संघहरुले उल्लेख गरेका छन्। बाँकि बुँदाहरूमा आपसी छलफलबाट समाधान हुने कुरामा आम लगानीकर्ताहरू विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ।

 नेपाल धितोपत्र वोर्ड बाट कामु कार्यकारी निर्देशक विनयदेव आचार्य र कामु कार्यकारी निर्देशक मुक्तिराम श्रेष्ठ सहित लगानीकर्ताका आधिकारिक संघ संगठनका प्रतिनिधि रहने गरी समिति गठन गरिएको र मागहरूका सम्बन्धमा यथासिघ्र काम कार्यवाही अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएकोमा संघहरुले हार्दिक आभार व्यक्त गरेका छन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved