प्रभु क्यापिटलले ल्यायो आयोजना प्रभावितले पनि अनलाइनबाटै आइपिओ भर्ने सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2022 | 09:46:17 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटलले आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित वासिन्दाहरुले आफैले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।

यसका लागि क्यापिटलको वेबसाइटबाट आवेदकहरुले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजात सहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ । यसबाट हितग्राही खाता खोल्न बाँकी तथा हितग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

क्यापिटलका अनुसार आवेदन गरीसकेपछि लगानीकर्ताहरुले अनलाइनबाट इसेवा, खल्ती तथा प्रभु पेबाट भुक्तानी गर्न सक्नेछन् । साथै कनेक्ट आइपिएस वा बैंकमा गई आवेदन फारम सबमिट गरेपछि प्राप्त आवेदन नम्बर र आवेदकको नाम राखी बुझाएको रकमको भौचर अपलोड गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन् । 

यो वेबसाइटबाट हाल इलाम जिल्लाबासीहरुले इलाम नगरपालिकाको वार्ड नं. १ र ४ मा अवस्थित पुवा–२ जलविद्युत आयोजना निर्माण गरीरहेको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा आवेदन दिन सक्नेछन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved