नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर डिम्याट खातामा आयो, नआएकाले के गर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2022 | 10:06:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको २०७८/०९/२२ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट पारित भएको १६.५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लि र सिडिएस एण्ड क्लियरिङ्ग लि. मा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार  २०७४/०९/१३ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको छ ।  सो मिति पश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई आफ्नो बोनस शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।

त्यस्तै २०७८/०९/१३ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई शेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्नु शेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ ।  सो मिति पश्चात् रोक्का राखिएका शेयरधनीहरुको बोनस शेयर शेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तिय संस्थाले उक्त शेयरधनीहरुको शेयर रोक्कामा रहे नरहेको यकिन गरी रोक्कामा राख्नु पर्ने भए बोनस शेयर समेत रोक्कामा राख्ने तर्फ आवश्यक पहलकदमी गर्न समेत कम्पनीले अनुरोध गरेको छ।

 कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्नको लागि प्रस्ताव गरेको  १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश पारित गरेको थियो। 

त्यस्तै कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२  प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको उक्त प्रस्ताव बीमा समिति र नेपाल सरकारले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved