आदर्श लघुवित्तको आईपिओ सोमबार बाँडफाँड हुने, ५ जनाले पाउनेछन् ११ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2022 | 02:08:47 PM मा प्रकाशित

laxmi  sunrise bank

आदर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ सोमबार बिहान बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले सोमबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा आईपिओ बाँडफाँड गर्न लागेको हो ।

कम्पनीको आईपिओमा माग भन्दा ३२१ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आवेदन दिने अन्तिम दिनसम्मको प्रारम्भिक विवरण अनुसार कम्पनीको आईपिओमा  १७ लाख ९६ हजार ६ सय ८४ जना आवेदकबाट २ करोड १ लाख ४२ हजार ६ सय १० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिए भन्दा ३२१.६८ गुणा बढी हो । 

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथा बाट बाँडफाँड हुने छ ।  जसबाट ६ हजार २ सय ६१ जनाले मात्र शेयर पाउने छन् । ६ हजार २ सय ६१ जना मध्ये ५ जनाले ११ कित्ता शेयर पाउने छन् भने बाँकिले १० कित्ता शेयर पाउने छन्।  यस हिसाबमा आवेदन दिएका मध्ये १७ लाख बढी आवेदन हात खाली हुने छन् ।  

कम्पनीले असार १ गतेदेखि असार ५ गते सम्म  ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गरेको हो । जस मध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि सुरक्षित गरिएको थियो, भने ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो  । बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने ब्यबस्था थियो  । 

  हाल कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख पुग्ने छ  । 

 नेपाल धितोपत्र बोर्डले जेठ १० गते मंगलबार कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो  ।  कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै असोज २० गते बोर्डमा आवेदन दिएको थियो ।   कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved