९४.९२ अंकले बढ्यो नेप्से सूचक, २ दर्जन कम्पनीमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2022 | 03:14:35 PM मा प्रकाशित

laxmi sunrise bank

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५.१० प्रतिशत अर्थात् ९४.९२ अंकले बढेर १९५६ दशमलव ९८ अंकको बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २३० कम्पनीका ६३ लाख ६३ हजार ५ सय ९० कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ रुपैयाँको शेयर कारोबार भएको छ । 

जस मध्ये कुमारी बैंकको सबैभन्दा धेरै ८ करोड ६४ लाख, तथा हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आज २ दर्जन बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ 

आज कारोबारमा आएका सबै समुहगत उपसुचक बढेका छन् । जस मध्ये लगनी उपस समुह सबै भन्दा धेरै ८.८७ प्रतिशतले बढेको छ भने ट्रेडिङ उपसमूह ७.७९ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रो पावर र फाइनान्स उपसमूह ७.७ प्रतिशतले बढेका छन् । आज कारोबारमा आएका सबै कम्पनीको मुल्य  बढेको छ । मूल्य घट्नेमा ऋणपत्र र म्युचुअल फण्डको इकैई मात्र छन् 





 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved