कोरियाली लगानीको एस वाई प्यानलले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2022 | 06:17:17 PM मा प्रकाशित

laxmi  sunrise bank

एस वाई प्यानल नेपाल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ।

 कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । २०७४÷०३÷२० गते स्थापना भएको एस.वाई. प्यानल नेपाल लिमिटेड कोरियाली प्रविधि भएको कोरियाली गुणस्तर चिन्ह प्राप्त एस.वाइ. कम्पनी लिमिटेड कोरियाको लगानी भएको कम्पनी हो । यसको प्रधान कार्यालय काठमाण्डौ तीनकुनेमा रहेको छ ।

कम्पनीले चितवन जिल्लाको रत्ननगर न.पा, वडा नं. १४, पिठुवामा फ्याक्ट्री स्थापना गरी भवन निर्माण सम्बन्धी अत्यावश्यक पर्ने विभिन्न सामाग्रीहरु  उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । 

कम्पनीको हाल नेपाल भरी ७५ वटा डिलरहरु संचालनमा रहेका छन्  भने यस कम्पनीको प्यानल उत्पादन क्षमता ५००० वर्ग मिटर प्रतिदिन रहेको छ । पछिल्लो समयमा यस कम्पनीको उत्पादन प्रयोग गरेर देशभरका विभिन्न ठाउँमा १० वटा भन्दा बढी हाइड्रोपावर प्रोजेक्ट साइट, कर्मचारी भवन, आर्मी क्याम्प, विभिन्न पालिकाका भवनहरु र सरकारी तथा गैर सरकारी भवनहरुका साथै हजारौँ घरहरु, फ््याक्ट्री तथा चिस्यान केन्द्रहरु निर्माण भइसकेको कम्पनीले  जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved