धितोपत्र बोर्डले माग्यो नीति तथा कार्यक्रमका लागि सल्लाह सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2022 | 08:26:33 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रमका लागि राय तथा सल्लाह सुझाव माग गरेको छ । बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आ.व. २०७९।८० को नीति तथा कार्यक्रमका लागि राय तथा सल्लाह सुझाव माग गरेको हो।

बोर्डबाट आगामी आ.व. २०७९।८० का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमको मस्यौदा कार्य भैरहेको बोर्डले जनाएको छ  । बोर्डले सबै सरोकारवालाहरूलाइ बजारको विकास, विस्तार तथा सुधारका लागि रचनात्मक राय तथा सल्लाह/सुझाव २०७९।०३।२० गते भित्र बोर्डको इमेल [email protected] मा उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजार(बजार)को विकास तथा विस्तार एवं बजार नियमनको प्रभावकारी व्यवस्थाका लागि बोर्डको नियमन तथा सुपरिवेक्षण क्षमता अभिबृद्धि गर्दै बजारलाई स्वच्छ, दिगो, पारदर्शी र अत्याधुनिक बनाउँदै लैजानुपर्ने अवस्था विद्यमान छ ।सो क्रममा बोर्डबाट बजार सम्बन्धी नीति तथा कार्यक्रम तयार गर्दा सरोकारवाला पक्षहरुसँग समेत सल्लाह सुझाव लिई तर्जुमा गर्ने गरिएको बोर्डले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved