आदर्श लघुवित्तको आईपिओ बाँडफाँड, ६२ सय ६१ जनाले मात्र पाए शेयर, ५ जनालाई ११ कित्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 09:33:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आदर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले आज सोमबार बिहान  आईपिओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा १६ लाख ७४ हजार ६ सय ५२ जनाबाट १ करोड ८४ लाख २४ हजार ९ सय कित्ताको लागि आवेदन परेको छ । १ हजार ८ सय ५८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य रहेका १६ लाख ७२ हजार ७ सय ९४ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार कुल ६ हजार २ सय ६१ जनाले मात्र शेयर पाएका छन् । ६ हजार २ सय ६१ जना मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन्।  यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख बढी आवेदन हात खाली भएका छन् ।  

 कम्पनीले असार १ गतेदेखि असार ५ गते सम्म  ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गरेको हो । जस मध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि सुरक्षित गरिएको थियो, भने ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो  । बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने ब्यबस्था थियो  । 

  हाल कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख पुग्ने छ  ।  नेपाल धितोपत्र बोर्डले जेठ १० गते मंगलबार कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो  ।  कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै असोज २० गते बोर्डमा आवेदन दिएको थियो ।   कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved