नेप्सेमा गिरावट जारी, एशियन लाइफ र एलआईसीएनको उच्च कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2022 | 03:33:47 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ११.८२ अंकले घटेर १९२१ दशमलव ३१ को बिन्दुमा पुगेको छ 

आज कारोबारमा आएका २३० कम्पनीका ३० लाख ३७ हजार ६ सय ८० कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५ सय २२ रुपैयाँ २६ पैसाको कारोबार भएको छ । जस मध्ये आज एशियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ७ करोड ३१ लाखको कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको ५ करोड ४३ लाखको कारोबार भएको छ 

आज सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य ७.७४ प्रतिशतले बढेको छ । त्यस्तै कृषि विकास बैंकको शेयर मूल्य ५.१० प्रतिशतले बढेको छ । 

आज लक्ष्मी इक्विटी फण्डको इकाई मूल्य सर्वाधिक ५.७३ प्रतिशतले घटेको छ भने जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ४.७५ तथा युनाइटेड इदी मर्दीको शेयर मूल्य ४.७० प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका मध्ये बैंकिंग र जीवन बीमा समुहको समुहगत सूचक बढेको छ भने अन्य सबै समुहगत सूचक घटेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved