ट्रेड टावर लिमिटेडले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2022 | 04:00:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेड टावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आज असार १४ गते बोर्डमा आवेदन दिएको हो ।

टेड्र टावर लिमिटेडको धितोपत्र दर्ता र विवरणपत्र स्वीकृतका लागी नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिएको कम्पनीले जनाएको हो ।कम्पनीले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

कम्पनीले प्रभु क्यापिटललाई प्रत्याभुतिकर्ता नियुक्त गरेको छ । जस अनुसार कम्पनीले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक शेयरको आईपिओ बिक्रि नभएमा बिक्रि नभएको शेयर प्रभु क्यापिटलले खरिद गर्ने छ । 

 २०६७ सालमा स्थापना भएको यस कम्पनीले होटेल, आतिथ्य सेवा, आवास र बित्त, निर्माण तथा अन्य लगानीको क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले थापाथलीमा ट्रेड टावर र भैसेपाटीमा जनता आवास निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले गौशालामा अर्को ट्रेड टावर निर्माण गरिरहेको छ , जुन अबको ३० महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved