बुक विल्डिङ आईपिओको मूल्य तोक्ने संस्थालाई दर्ता हुन आउँन नेप्सेको पुन: आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2022 | 04:18:03 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका  योग्य संस्थागत लगानीकर्तालाई दर्ता हुन आउँन पुन: आग्रह गरेको छ । नेप्सेले असार २ गते सार्वजनिक सूचना जारी गर्दै १० दिन भित्र नेप्सेमा दर्ता हुन आउँनको लागि आग्रह गरेकोमा आज पुन: आग्रह गरेको हो ।  

नेप्सेले बुक विल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्ताहरूलाई सिलबन्दी बोलकबोल मार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि नेप्सेमा दर्ता गर्नु पर्ने भएकोले नेप्सेमा निवेदन दर्ताको लागि निवेदन पेस गर्न अनुरोध गरेको हो। निवेदन सहित नेपाल धितोपत्र बोर्डबाट प्राप्त योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पत्र , नेप्सेमा दर्ता गर्ने सम्बन्धमा व्यवस्थापनको निर्णय र आवश्यक पर्ने शुल्क नेप्सेको खातामा बुझाएको सक्कल भौचर पनि पेश गर्न नेप्सेले आग्रह गरेको छ |

हालसम्म नेपाल धितोपत्र बोर्डले  १०० वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको अनुमति दिएको छ  ।   योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृत संस्थाको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नु होला ।

यो पनि : अघि बढ्यो सर्वोत्तम सिमेन्टको आईपिओ प्रक्रिया, मूल्य तय गर्न छलफल आह्वान


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved