हिमालयन हाइड्रोपावरको आईपिओ आजदेखि बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2022 | 08:11:25 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन हाइड्रोपावर लिमिटेडले आज असार १५ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । 

जस मध्ये ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने ३९ हजार ३ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ ।  बाँकि रहेको १८ लाख ३० हजार ४ सय ७९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

यस निष्काशनमा लगानीकर्ताले असार १९ गतेसम्म आवेदन इन सक्ने छन् ।  शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल  बिक्रि प्रबन्धक रहेको छ। 

 कम्पनीले स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ६ लाख १८ हजार २ सय ५० कित्ता शेयर पनि सर्बसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म अईपिओ निष्काशन गरेको थियो ।

  कम्पनीले कास्कीमा  ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विजुली उत्पदन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved