स्टक डिलरले थप कम्पनीको शेयर खरिद गर्न पायो स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2022 | 10:02:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले नागरिक स्टक डिलर कम्पनीलाई थप शेयर खरिद बिक्रिको लागि स्वीकृति प्रदान गरेको छ । नेप्सेले धितोपत्र व्यापारी (स्टक डिलर ) कार्य संचालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद -२, बुंदा नं. ३ बमोजिम थप कम्पनी छनौट गरी कारोबार गर्न अनुमति प्रदान गरिएको जनाएको छ।

नेप्सेले अनुमति दिएका कम्पनी मध्येबाट स्टक डिलरले आफुले कारोबार गर्न चाहेको कम्पनी छनौट गर्ने छ । सुचीमा नपरेका कम्पनीको कारोबार स्टक डिलरले आफ्नो प्रणालीबाट गर्न पाउने छैन । यद्यपि उसले अन्य ब्रोकर मार्फत भने त्यस्ता कम्पनीको कारोबार गर्न सक्ने छ ।

 स्टक डिलर कम्पनीको चुक्ता पुँजी ५ अर्ब रहेको छ  । जसमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ भने नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशतनेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत शेयर रहेको छ   कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved