नेप्सेमा उछाल: शिवमको कारोबार उच्च, विकास बैंक र फाइनान्समा आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2022 | 03:44:01 PM मा प्रकाशित

ntc

आज बिहिबार शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ७४.९३ अंकले बढेर २०३७.६४को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२७ कम्पनीका ७२ लाख ७४ हजार ७० कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४ सय ९५ रुपैयाँको कारोबार भएको छ। जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै ९ करोड ९५ लाख २० हजार ६ सय ३० रुपैयाँको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ७ करोड ९७ लाख, एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ९९ लाख, अरुण कब्लीको ५ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।

आज नेपाल फाइनान्स, मैलुंग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रो, सिवाईसी नेपाल लघुवित्त , आंधीखोला लघुवित्त, र सुर्योदय वोमी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बरुण हाइड्रोको शेयर मूल्य सर्वाधिक २.६५ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ७.३१ प्रतिशतले बढेको छ भने फाइनान्स समुह ६.९८ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक समुह ६.१३ प्रतिशतले बढेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved