टिएमएसबाट बिक्रितर्फको एओएन हटाउने नेप्सेको निर्णय, लगानीकर्तालाई के पर्छ असर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2022 | 05:01:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले बिक्रि तर्फको एओएन पनि हटाउने निर्णय गरेको छ  । नेप्सेले असार १९ गतेदेखि लागु हुने गरि शेयर कारोबार ब्यबस्थापन प्रणाली (टिएमएस) मा रहेको बिक्रि तर्फको एओएन अप्सन  आइतबार देखि बन्द गर्ने भएको हो । 

यस संगै एओएन अर्थात् 'अल अर नन' भन्ने अप्सन आइतबारदेखि बन्द हुने छ । एओएन भनेको टिएमएसमा रहेको  'अल अर नन' भन्ने अप्सन हो । खरिद वा बिक्रि अर्डर हाल्दा यो अप्सन प्रयोग गरिए कि अर्डरमा राखेको सबै शेयर खरिद बिक्री हुन्छ, कि एक कित्ता पनि शेयर खरिद बिक्रि हुदैन । अर्थात अर्डर राखेको भन्दा कम शेयर खरिद बिक्रि हुदैन ।

खरिद तर्फको एओएन सेवा २०७८ जेठ ३० देखि नै बन्द छ। अब बिक्रि तर्फको एओएनपनि बन्द हुने भएको हो  । एओएन ठूलो ठूलो कारोबार गराउने पद्दति हो । 

तर एओएन बन्द भएसंगै अब लगानीकर्ताले थप आर्थिक भार पर्ने भएको छ । किन्न वा बेच्न खोजेको जति कित्ता/एकाइ तोकिएको मूल्यमा भए किनबेच हुने भएमात्र किन्छु वा बेच्छु, नभए किन्दिन वा बेच्दिन भन्ने क्रेता र बिक्रेताको मूल्य र परिणामको शर्तसँगै छनोटको अधिकार र स्वतन्त्रताको सम्मान गर्ने खरिद बिक्री आदेश विधि नै एओएन (अल-अर-नन) हो ।

यसमा कसैले १२१ कित्ता १ सय ४५ रुपैयाँका दरले किन्न वा बेच्न खोज्दा एक वा बढीले १४५ मा नै १२० कित्ता मात्र किन्छु वा बेच्छु भन्दा कारोबार हुँदैन, तर १४५ मा नै एक वा बढीले १२१ कित्ता किन्दा वा बेच्दा कारोबार हुन्छ । यसले लगानीकर्तालाई परिमाण र मूल्यगत स्वतन्त्रतासहित स्वनियन्त्रणको अधिकार दिन्छ । मुख्य कुरा लगानी योजनाअनुसार धितोपत्र किनबेच गर्दै लागत र पोर्टफोलियो व्यवस्थापनको सुविधा दिन्छ ।एओएन हट्दा यसले क्रेता र बिक्रेताको परिमाणमा नियन्त्रण र स्वतन्त्रता खोस्दै बिक्रेताको निगाहमा किन्ने बाध्यता, खरिद अनिश्चितता र कमिसन लागत बढ्ने जोखिम निम्त्याएको छ । मानौं, प्रतिकित्ता रु.७३० को सेयर ७०० कित्ता एओएनमा किन्दा एकै कारोबार भए कुल रु. ५,१२,८३९ (प्रतिकित्ता रु. ७३२.६३) लाग्छ, तर सोही कित्ता ५०, १०, १५०, ३४०, ५५ र ९५ गरेर ६ कारोबारबाट खरिद हुँदा कुल लागत बढेर रु. ५,१३,००६ (प्रतिकित्ता रु ७३२.८७) लाग्छ र अर्को दिन किन्नु परे डिपी शुल्क रु. २५ थप लाग्छ । बजार मूल्य नै तिर्दा पनि क्रेताले उल्लिखित ७०० कित्ता नै पाउने सुनिश्चित हुन्न, ६९७ कित्ता मात्र पनि खरिद हुनसक्छ । 

त्यस्तै बिक्रिमा पनि यी नियम लागु हुन्छ। एओएन नहुँदा १२१ कित्ता शेयर बेच्न खोज्दा ५० कित्ता, २५ कित्ता, र ४५ कित्ता शेयर बिक्रि भएर १ कित्ता बाँकि रहन पनि सक्छ । यसो हुँदा हरेक कारोबारको कमिशन तिर्नु पर्दा लागत बढ्छ भने बेच्न चाहेको १ कित्ता शेयर बिक्रि नभएर रही रहन सक्छ ।   अर्को दिन बाँकि शेयर बिक्रि गर्नु परे डिपी शुल्क रु. २५ थप लाग्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved