बरुण हाइड्रोले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । हकप्रद शेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएर बोर्डबाट निष्काशन अनुमति पाएको हो।