एओएनका कारण टिएमएसमा समस्या, सबै लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न पाएनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2022 | 11:42:18 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार ब्यबस्थापन प्रणाली (टिएएमएस) मा समस्या देखिएको छ । एओएनका कारण समस्या देखिएको हो ।

नेप्सेले आज असार १९ गतेदेखि लागु हुने गरि टिएमएसमा रहेको बिक्रि तर्फको एओएन अप्सन बन्द गर्ने निर्णय गरेको थियो । तर केहि ब्रोकरहरुको टिएमएसमा एओएन अर्थात् 'अल अर नन' भन्ने अप्सन अझै देखिईरहेको छ । नेप्से प्रवक्ता मुराहरी पराजुलीले केहि ब्रोकरको बाट एओएन हटेको र केहि ब्रोकरको बाट एओएन अझै देखाईरहने समस्या देखिएको बताए । उनका अनुसार यसको समाधानको लागि प्राविधिक टिमले काम गरिरहेको छ ।

एओएन नहटेका ब्रोकरहरुको टिएमएस प्रणालीबाट लगानीकर्ताले शेयर अर्डर गर्न पाईरहेका छैनन् । लगानीकर्ताले अर्डर राख्न खोज्दा कम्पनीको नाम नै नआउने समस्या देखिएको छ।  एओएन हटिसकेको ब्रोकर मार्फत भने कारोबार भईरहेको छ । यसको समस्या समाधानको लागि प्राविधिक टिमले काम गरिरहेको नेप्सेले जनाएको छ ।

 एओएन भनेको टिएमएसमा रहेको  'अल अर नन' भन्ने अप्सन हो । खरिद वा बिक्रि अर्डर हाल्दा यो अप्सन प्रयोग गरेमा कि अर्डरमा राखेको सबै शेयर खरिद बिक्री हुन्छ, कि एक कित्ता पनि शेयर खरिद बिक्रि हुदैन । अर्थात अर्डर राखेको भन्दा कम शेयर खरिद बिक्रि हुदैन ।

खरिद तर्फको एओएन सेवा २०७८ जेठ ३० देखि नै बन्द छ। आज असार १९ गतेबाट नेप्सेले बिक्रि तर्फको एओएनपनि बन्द गर्ने निर्णय गरेको हो। सोहि निर्णय कार्यन्वयनको क्रममा टिएएमएसमा समस्या देखिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved