विदेशमा रहेका नेपालीलाई एनआईबीएल एसले दियो शेयर बजार सम्बन्धि तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2022 | 02:41:25 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनआईबीएल एस क्यापिटलले विदेशमा रहेका नेपालीलाई शेयर बजार सम्बन्धि तालिम प्रदान गरेको छ । क्यापिटलले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली नागरिकहरुको लागि विद्मुतीय माध्यमद्वारा शेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रममा सञ्चालन गरेको हो ।

माटो र पसिनाको नाता वैदेशिक अम्दानी स्वदेशमा लगानी भन्ने मूल उद्देशयको साथ क्यापिटलले असार १७ गते यो सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको स्वेदश तथा विदेशमा रहेका पदाधिकारीहरुको साझेदारीमा त्यँहा उपस्थित सहभागिहरुको विभिन्न जिज्ञासाहरु सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुका बारेमा समेत छलफल गरिएको क्यापिटलले जनाएको छ । 

क्यापिटलका अनुसार उक्त कार्यक्रम मार्फत, विदेशमा बसेर कसरी बैंक खाता, डिम्याट खाता र बोक्रर खाता खोल्न सकिन्छ अनि कसरी लगानी गरी राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्ने बारे पनि जानकारी गराईएको थियो ।  भविष्यमा समेत यस्ता सचेतनामूलक कार्यक्रम संचालन गरिने क्यापिटलले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved