५७ अंकले बढ्यो नेप्से सूचक, तामाकोशी सहित ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2022 | 03:16:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ५७.६१ अंकले बढेर २०८६.३८ को बिन्दुमा पुगेर रोकिएको छ 

आज कारोबारमा आएका २३१ कम्पनीका ६२ लाख २७ हजार ६ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९ सय ९८ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । 

जस मध्ये ङादी ग्रुप पावरको सबैभन्दा धेरै २२ करोड २८ लाखको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ८ करोड ८१ लाख, शिवम् सिमेन्टको ६ करोड ९७ लाख, तथा एनआईसी एसिया बैंकको ६ करोड ८९ लाख बराबरको कारोबार भएको छ। 

आज साल्ट ट्रेडिङ कम्पनी, हिमालयन पावर पार्टनर, अपर तामाकोशी , सान्जेन जलविद्युत कम्पनी नेष्डो समृद्ध लघुवित्त लगायत ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ङादी ग्रुप पावरको शेयर मूल्य सर्वाधिक ३.२३ प्रतिशतले घटेको छ

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुहको उपसूचक सर्वाधिक ९.३० प्रतिशतले बढेको छ भने हाइड्रोपावर समुह ५.६३ प्रतिशतले बह्देको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved