नेप्सेमा ङादी ग्रुप पावरको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2022 | 08:13:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ङादी ग्रुप पावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ  । कम्पनीको १५० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो  । 

समायोजनपछि कम्पनीको प्रति कित्ता शेयर मूल्य २६३ रुपैयाँ ६० पैसा कायम भएको छ  ।  समायोजनअघि कम्पनीको शेयर मूल्य ५०९ रुपैयाँ थियो  । कम्पनीले हकप्रद निष्काशनको लागि आज असार २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।  असार १९ गतेसम्म  कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । 

कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १:१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

नेपाल धितोपत्र  बोर्डले असार ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले जेठ ९ मा बोर्डमा हकप्रद स्वीकृतिको लागि आवेदन दिएको थियो । 

नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसंगै कम्पनीलाई हकप्रद निष्काशनको लागि बाटो खुलेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved