लामो समयपछि १ करोड कित्ता शेयर किनबेच, कारोबार रकम ४ अर्ब नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2022 | 03:39:11 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयर बजार परिसूचक नेप्से घटेको छ । तिब्र उतारचढाव आएको नेप्से सूचक कारोबार अन्त्य हुँदा ९.७५ अंकले घटेर २०६७.६७ को बिन्दुमा पुगेर रोकिएको छ ।

नेप्से सूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज कारोबारमा आएका २३४ कम्पनीका १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५ सय ९३ रुपैयाँ २१ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको १७ करोड ५८ लाख, हिमालयन डिस्टिलरीको १६ करोड ९० लाख, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख तथा अरुणकाबेली पावरको ११ करोड ७८ लाखको कारोबार भएको छ । लामो समयपछि आज नेप्सेमा १ करोड कित्ता बढी शेयर कारोबार भएको हो भने कारोबार रकम ४ अर्ब नाघेको हो ।

आज सिवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सामलिङ पवरको शेयर मूल्य ७.७० प्रतिशत तथा साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्य ६.८५ प्रतिशत बढेको छ । आज युनियन हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.१८ प्रतिशतले घटेको छ भने ग्रीनलाइफ हाइड्रोको शेयर मूल्य ६.०४ प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका मध्ये ट्रेडिङ, लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्स  बाहेकका सबै समुहगत सूचक घटेका छन् । ट्रेडिङ समुह सर्वाधिक ६.८२ प्रतिशतले बढेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved