डिम्याट खाता खोलेर शेयर अभौतिकिकरण गर्न अपर तामाकोशीको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2022 | 08:29:04 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय शेयरधनीहरुलाई हितग्राही (डिम्याट) खाता खोली शेयर अभौतिकिकरण गर्न आग्रह गरेको छ । हालसम्म पनि उल्लेख्य संख्यामा शेयरधनीहरूले डिम्याट खाता उपलब्ध गराई शेयर अभौतिकिकरण गर्न बाँकी रहेको हुँदा यथाशिघ्र शेयर अभौतिकिकरण गर्नको लागि कम्पनीले आग्रह गरेको हो।

कम्पनीले दोलखा जिल्लाका स्थानीय बासिन्दाहरूको लागि बाँडफाँड गरिएको शेयर, भौतिक प्रमाणपत्र वितरण नगरी शेयरधनीहरूको सुविधाको लागि सोझै सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुने गरी अभौतिकिकरण गरिने जनाएको छ । शेयर डिम्याट खातामा अभौतिकिकरण पश्चात् मात्र शेयर खरीद बिक्री गर्ने सुविधा प्राप्त गर्नका साथै भविष्यमा वितरण गर्ने बोनस शेयर तथा अन्य सुविधाहरू हितग्राही खातामा जम्मा हुने छ।

कम्पनीको शेयर रजिष्ट्रार सन्राइज क्यापिटल लिमिटेडबाट २०७९ आषाढ मसान्त सम्म निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गरिएको हुँदा हितग्राही खाता खोली अभौतिकिकरण गर्न बाँकी रहेका आयोजना प्रभावित स्थानीय शेयरधनीहरू लगायत सम्पूर्ण शेयरधनीहरूले यथासक्य २०७९ आषाढ मसान्तसम्म निःशुल्क खाता खोली शेयर अभौतिकिकरण गर्न समेत कम्पनीले आग्रह गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved