नेप्सेमा आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2022 | 11:00:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का भएको छ ।  दुई संस्थाबीच बुधबार मर्जरमा जाने सम्झौता भएकोले नेप्सेमा कारोबार रोक्का भएको हो  ।

बुधबार २ संस्थाले मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुई संस्थाबीच १००:७० को स्वापमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो । जस अनुसार आंधीखोला लघुवित्तको १०० कित्ता शेयर हुने शेयरधनीले मर्जरपछि बन्ने कम्पनीको ७० कित्ता शेयर पाउने छन् । आंधीखोलाले यस अघि घोषणा गरेको २० प्रतिशत लाभांश बितरण गरेर मर्जमा जाने छ।  यद्यपि अन्तिम स्वाप भने डिडिएपछि तय हुने कम्पनीले जनाएको छ ।

यस अघि आँधिखोला लघुवित्त र धौलागिरि लघुवित्तले २०७६ पौष २ गते मर्जमा जाने सम्झौता गरेका थिए । तर मर्जर भाडिएपछि नेप्सेमा गत जेठ २७ गतेदेखि कम्पनीको शेयर कारोबार फुकुवा भएको थियो । अब कम्पनीले फेरि मर्जर सम्झौता गरेसंगै एक महिना पनि नपुग्दै कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्याङ्गजाको बयरघारीमा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रहेको छ ।

सीवाईसी नेपाल लघुवित्तले भने केहि समय अघि मात्र आईपिओ जारी गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ । कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved