एचआईडिसीएलले भन्यो ' वार्षिक न्युनतम १० प्रतिशत प्रतिफल प्रदान गर्ने लक्ष्य छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2022 | 08:58:02 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले कम्पनीका लगानीकर्तालाई वार्षिक प्रतिफल दिने जनाएको छ । आफ्नो ११ औ वार्षिकोत्सवको अवसरमा कम्पनीको गतिविधि एवम् भावी गन्तब्य समबन्धि झलक प्रकाशन गर्दै दीघकालीन लक्ष्यमा कम्पनीले कम्पनीका शेयरधनीहरुलाई वार्षिक न्युनतम १० प्रतिशत दिर्घकालिन प्रतिफल प्रदान गर्ने गरि वित्तीय स्रोतको ब्यबस्थापन गर्ने जनाएको हो । 

त्यस्तै कम्पनीले आगामी दश बर्षको दिर्घकालिन लक्ष्य बमोजिम निर्धारण गरिएको जनाएको छ।

१. कुल लगानीमध्ये न्यूनतम ४५ प्रतिशत शेयर पूँजीमा र अधिकतम ५५ प्रतिशत ऋणमा लगानी गर्ने गरी दीर्घकालीन लगानी संरचना (Portfolio) तयार गर्ने ।

२. करिब १० हजार मेगाबाट जडित क्षमताका जलविद्युत आयोजनाहरूमा रु. १५० अर्ब बरावरको लगानीमा कम्पनीको संलग्नता रहने।

३ .कम्पनीको पूंजी कोषमा न्यूनतम तीन गुणा लचकता (Leverage) कायम गर्ने गरी शेयर पूंजी बापत रु. ४० अर्ब र अन्य वित्तीय उपकरणको माध्यमबाट रु. १२० अर्ब सहित कुल रु. १६० अर्व वित्तीय स्रोतको परिचालन गर्ने ।

४. परिचालन भएको बित्तीय स्रोतको न्यूनतम ९० प्रतिशत रकम जलविद्युत आयोजनाहरूमा लगानी गर्ने।

५. कम्पनीका शेयरधनीहरूलाई वार्षिक न्यूनतम १० प्रतिशत दीर्घकालीन प्रतिफल प्रदान गर्ने गरी वित्तीय स्रोतको व्यवस्थापन गर्ने ।

कम्पनीको प्रमुख उपलब्धि तथा गतिविधिहरु

• १३ वटा जलविद्युत आयोजनामा रु. १५ अर्ब ७३ करोड कर्जा लगानी प्रतिबद्धता गरिएको
र सो प्रतिवद्धतामध्ये हालसम्म रु. ६ अर्ब ७७ करोड कर्जा प्रवाह भएको।

• १२ वटा जलविद्युतसंग सम्बन्धित कम्पनी तथा आयोजनाहरुमा करिब रु. ९ अर्ब लगानी प्रतिवद्धता भइ हालसमम्म रु. २ अर्ब ६८ करोड शेयर लगानी प्रवाह भएको।

• नेपाल विद्युत प्राधिकरणबाट अघि बढाईएका अपर अरुण (१०६१ मेघावाट), चैनपुर सेती (२१० मेगावाट) लगायत विद्युत उत्पादन कम्पनीबाट अघि बढाइएका ठुला आयोजनाहरुको वित्तीय व्यवस्थापनमा यस कम्पनीको नेतृत्वमा गर्ने गरी प्रक्रिया अघि बढाइएको।

• विभिन्न अन्तराष्ट्रिय वित्तीय संस्थाहरुसंग वित्तीय स्रोत परिचालन र जलविद्युत आयोजनाको लगानीमा सहकार्य गर्ने सम्बन्धमा छलफल अघि बढाइएको।

• सहायक कम्पनीहरु मार्फत अघि बढाइएका आयोजनाहरुको पूर्व तयारीका अधिकांश कार्यहरु सम्पन्न भई सकेको।

हाल कम्पनीको अधिकृत पुँजी रू.५० अर्ब, जारी पुँजी रू.२३ अर्ब ४९ करोड ६० लाख र चुक्ता पुंजी २० अर्ब १९ करोड ६० लाख रहेको छ । प्रवद्धक संस्थाहरूले खरिद नगरेको अवितरित ३ करोड ३० लाख कित्ता हकप्रद शेयर अन्य संस्थापक समुहमा वर्गिकरण गरी लिलाम बिक्रीको प्रक्रियामा रहेको छ । पुँजी संरचनामा नेपाल सरकारको ५० प्रतिशत, कर्मचारी सञ्चय कोषको ५ प्रतिशत, नागरिक लगानी कोषको ५ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ५ प्रतिशत, अन्य संस्थापक समुहको १५ प्रतिशत र सर्वसाधारण समुहको २० प्रतिशत रहेको। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved