नेप्सेमा भारी गिरावट, एउटा बाहेक सबै कम्पनीको शेयर मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2022 | 03:34:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार शेयर बजार परिसूचक नेप्से भारी अंकले घटेको छ । आज नेप्से सूचक ७७.०१ अंकले घटेर १९१५.६१ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२७ कम्पनीका ६३ लाख १३ हजार ६ सय ४१ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको शेयर कारोबार भएको छ । जस मध्ये हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ११ करोड ४ लाखको कारोबार भएको छ भने एनआईसी एसियाको ८ करोड ७१ लाख तथा अपर तामाकोशीको ८ करोड ४१ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका एउटा बाहेक सबै कम्पनीको शेयर मूल्य घटेको छ । आज सोल्टी होटेलको शेयर मूल्य १ रुपैयाँले बढेको हो । सोल्टी बाहेक सबै कम्पनीको शेयर मूल्य घटेको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक पनि घटेका छन् । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ५.७८ प्रतिशत, फाइनान्स समुह ५.७३ तथा हादिरो समुह ५.१९ प्रतिशतले घटेको छ । आज ग्रामिण विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ भने किसान लघुवित्तको शेयर मूल्य ९.१५ प्रतिशतले घटेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved