सेबीसँग रणनीतिक साझेदारीको तयारीमा धितोपत्र बोर्ड,अध्यक्ष हमालको टोली भारतमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2022 | 10:39:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र भारतका शेयर बजारका प्रत्यक्ष नियामक निकायबीच रणनीतिक साझेदारी हुने भएको छ । नेपालको नेपाल धितोपत्र बोर्ड (सेबोन ) र भारतको सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) बीच रणनीतिक साझेदारी हुने भएको हो।

 रणनीतिक साझेदारीको विषयमा छलफल गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको नेतृत्वमा बोर्डको ३ सदस्यीय टोली हिजो सोमबार भारत प्रस्थान गरेको छ। टोलीमा बोर्डका उपकार्यकारी कृष्णराज पोखरेल र कामु उप कार्यकारी निर्देशक नारायण शर्मा सहभागी छन् । 

उक्त टोलीले सेबीसँग रणनीतिक साझेदारीको लागि छलफल गर्नुका साथै भारतमा शेयर बजारका नियामक, स्टक एक्सचेन्ज, ब्रोकर, लगायत निकायले कसरी काम गर्छन् भन्नेबारे जानकरी लिने बताईएको छ । त्यस्तै त्यहाँको नवीनतम अभ्यासहरुको विषयमा जानकारी लिने बताईएको छ । 

औपचारिक कार्यक्रम ३ दिनको भए पनि आउने र जाने दिन गरि उक्त टोलीले ५ दिन भारतमा बिताउने छ । उक्त टोली आगामी शुक्रबार नेपाल फर्कने छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved