५९ अंकले बढ्यो नेप्से सूचक, फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2022 | 03:44:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ५९.५४ अंकले बढेर १९८६.८२ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२५ कम्पनीका ५७ लाख ८७ हजार १ सय २५ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबै भन्दा धेरै ९ करोड २ लाख , एनआईसी एसिया बैंकको ८ करोड ३३ लाख, नेपाल बैंकको ७ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक बढेको छ । जस मध्ये फाइनान्स समुह सबै भन्दा धेरै ६.९६ प्रतिशत तथा विकास बैंक समुह ६.२५ प्रतिशतले बढेको छ । आज नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved