नेप्सेको प्राङ्गणमा साँढेको मुर्ति स्थापना गर्ने प्रक्रिया रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2022 | 06:10:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेप्सेको प्राङ्गणमा साँढेको मुर्ति स्थापना गर्ने प्रक्रिया रद्द भएको छ । नेप्सेले आह्वान गरेको टेण्डरमा आवेदन दिएका कम्पनीले आवश्यकता अनुसार मापदण्ड नपुर्याएपछि प्रक्रिया रद्द गरिएको हो 

नेप्सेका अनुसार साँढेको मुर्ति स्थापना गर्नको लागि २ कम्पनीको टेण्डर परेको थियो । तर सार्वजनिक खरिद ऐन, २०६३ को दफा २३ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६० बमोजिम कनूनी ग्राहयता र पूर्णताको परिक्षणमा ति कम्पनी सफल नभएको हुदा सोही ऐनको दफा २६ को उपदफा १ (क) बमोजिम बोलपत्र  रद्ध गरिएको नेप्सेले उल्लेख अग्रेको छ  

नेप्सेले जेठ ८ गतेदेखि  असार ७ गतेसम्म नेप्सेको प्राङ्गणमा साँढेको मुर्ति स्थापना गर्न इच्छुक र योग्य कम्पनीलाई शिलबन्दी बोलपत्र  पेश गर्न आग्रह गरेको थियो।  नेप्सेले बोलपत्र संगै २ लाख २५ हजार रुपैयाँ धरौटी राख्नु पर्ने जनाएको थियो । नेप्सेले तयार पारेको स्केच अनुसारको साँढे बनाउनु पर्ने नेप्सेले उल्लेख गरेको थियो । उक्त साँढे पित्तलको हुनु पर्ने नेप्सेले जनाएको थियो 

विश्वभर स्टक मार्केट अगाडी साँढे अर्थात् चार्जिंग बुलको मुर्ति राख्ने प्रचलन छ। सोहि अनुसार नेप्सेले पनि साँढेको मुर्ति राख्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved