अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2022 | 06:02:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको हो।

सम्झौतामा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट अश्विन बाबु श्रेष्ठ र अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन्।

सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved