आर्थिक वर्षको अन्तिम शेयर कारोबार आज, वर्षभरमा ८८१ अंकले घट्यो नेप्से सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2022 | 10:06:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असार ३१ गते शुक्रबार आर्थिक वर्ष ७८/७९ को अन्तिम शेयर कारोबार हुदै छ । आज शुक्रबार भएकोले २ घण्टामात्र शेयर कारोबार हुने छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले शुक्रबारको दिनमा ११ बजेदेखि १ बजेसम्म  कारोबार संचालन गर्ने गरेको छ। 

यस आर्थिक वर्षमा हालसम्म नेप्से सूचक ८८१.८५ अंकले घटिसकेको छ । आर्थिक वर्ष ७७/७८ को अन्तिम दिन नेप्से सूचक २८८३.३८ को बिन्दुमा रहेकोमा आज शुक्रबारको कारोबार अगाडी नेप्से सूचक २००१.५३ को बिन्दुमा रहेको छ । 

त्यस्तै यस अवधिमा शेयर बजार पुँजीकरण ११ खर्ब ५२ अर्बले घटेको छ । आर्थिक वर्ष ७७/७८ को अन्तिम दिन शेयरबजार पुँजीकरण ४० खर्ब १० अर्ब रहेकोमा आज शुक्रबारको कारोबार अगाडी शेयरबजार पुँजीकरण २८ खर्ब ५८ अर्ब रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved