कान्तिपुर टेलिभिजनले कुन मूल्यमा आईपिओ मार्फत कति कित्ता शेयर निष्काशन गर्न लागेको हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2022 | 10:15:27 AM मा प्रकाशित

laxmi  sunrise bank

कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्वसाधारणलाई आईपिओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २० औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित कार्यक्रममा कम्पनीले आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ ।

कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो । सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष कैलाश सिरोहिया र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन्। सम्झौता गर्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आईपीओ जारी हुने बताएका छन्।

कान्तिपुर टेलिभिजनले १०० रुपैयाँ अंकित दरका ७ करोड ५० लाख बराबरले हुन आउने ७ लाख ५० हजार कित्ता शेयर सर्बसाधारणमा निष्काशन गर्न लागेको हो । अध्यक्ष सिरोहियाले आफुहरुले १९ वर्षसम्म मेहनत गरेर दर्शकको विश्वास जितेको र अब यो सफलतामा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाएर शेयर निष्काशनको तयारीमा जुटेको बताए । 

कान्तिपुर टेलिभिजन नेटवर्क, नेपालको निजी क्षेत्रको लोकप्रिय टेलिभिजन स्टेशन हो । कान्तिपुर टेलिभिजनको मुख्य कार्यालय काठमाडौंको तीनकुने सुविधानगरमा अवस्थित छ । कान्तिपुर टेलिभिजनले आम सर्वसाधारणमा आफ्नो प्रविधि मार्फत निरन्तर रुपमा सूचना तथा जानकारी प्रदान गर्दै आइरहेको छ ।

कान्तिपुर टेलिभिजनले वि.सं. २०६० असार २९ गते विधिवत रुपमा प्रसारण आरम्भ गरेको र सुरुमा टेरिस्टेल टावरबाट सूचना प्रवाह गर्दै आएकोमा वि.सं. २०६८ सालदेखि अटोमेसन प्रविधिमा स्तरोन्नति भएको थियो । कान्तिपुर टेलिभिजनले हाल हाइ डेफिनेसन प्रविधि (एचडी) लाई अवलम्बन गरेको छ । वि.सं. २०७४ मंसिर २७ गतेदेखि एचडी प्रविधिबाट विश्वका एक सयभन्दा बढी मुलुकमा प्रसारण भइरहेको कान्तिपुर टेलिभिजन युट्युब च्यानल र अनलाइनमा समेत हेर्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved