यी ४ तरिकाबाट हेर्न सकिन्छ आज बाँडफाँड भएको अपर हेवाखोला हाइड्रोको आईपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2022 | 09:40:34 AM मा प्रकाशित

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो।

कम्पनीले असार २४ गतेदेखि असार २९ गतेसम्म निष्काशन गरेको आईपिओमा १४ लाख ५५ हजार ३८४ जनाले १ करोड ६० लाख ६० हजार ६१० कित्ताको लागि आबेदन दिएको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

क्यापिटलकाअनुसार कुल आबेदक मध्ये दोहोरो आबेदनका कारण २ हजार ८११ जनाको ३४ हजार ६७० कित्ता बराबरको आबेदन रद्द भएको छ। अपर हेवाखोला हाइड्रोपावरको आइपीओ १४ लाख ५२ हजार ५७३ जनामा गोलाप्रथाबाट बाँडफाँड भएको हो। 

जसअनुसार १ लाख ३९ हजार ५०० जनामा प्रति आवेदक १० कित्ताका दरले १३ लाख ९५ हजार कित्ता बाँडफाँड भएको छ। त  

कम्पनीले सर्बसाधारणको लागि १५ लाख कित्ता शेयर निष्काशन गरेको हो  । जस मध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको १३ लाख ९५ हजार कित्ता शेयरको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

कम्पनीले यस अघि जेठ १० देखि जेठ २४ गतेसम्म  संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख कित्ता शेयर निष्काशन गरेको थियो । 

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हप। ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निश्क्सहं भईसकेकोले  बाँकी  १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि  निष्काशन भएको हो। 

कम्पनीले प्रदेश नं. १ अन्तर्गत संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरि रहेको छ।  

यसरी हेर्न सकिन्छ नतिजा 

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ।
जसअनुसार बिक्रि प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/  बाट र अपर सोलु हाइड्रो कम्पनीको वेबसाइट  https://ushec.com.np/ बाट हेर्न सकिने छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved