घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2022 | 10:32:54 AM मा प्रकाशित

घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले प्रिमियममा आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले सेयर निष्काशनको लागि हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धक चयन गरेको छ । 

सम्झौतामा हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र निष्काशन कम्पनी घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरेका छन् ।

कम्पनीले ७९ लाख ४३ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । घोराही सिमेन्ट इन्डस्ट्रि पश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग हो। बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

 त्रिवेणी र बिशाल समूह बाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ। हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved