आर्थिक वर्षको पहिलो दिन सूचक हरियो भएर बन्द भयो शेयरबजार , तामाकोशीको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2022 | 03:18:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७९/८० को पहिलो दिन शेयर बजार परिसूचक नेप्से हरियो रहेको छ । तिब्र उतारचढाव देखिएको नेप्से सूचक हरियो भएर बजार बन्द भएको हो 

आज सूचक १.९३ अंकले बढेर २०११.३९ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा  आएका २१० कम्पनीका ३० लाख ४५ हजार ८ सय ८९ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रुपैयाँको कारोबार भएको छ । 

जस मध्ये अपर तामाकोशीको सबै भन्दा धेरै ६ करोड ४ लाख बराबरको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ४ करोड ७६ लाख, अरुण काबेली पावरको ४ करोड ६५ लाख, एनआइसी एसिया बैंकको ४ करोड ५६ लाख तथा नेपाल टेलिकमको ४ करोड ४६ लाखको शेयर कारोबार भएको छ 

आज कारोबारमा आएका मध्ये बैंकिंग, ट्रेडिङ, उत्पादन तथा प्रशोधन, जीवन बीमा र लगानी बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये होटेल तथा टुरिजम समुह सर्वाधिक १.२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समुह १.१२ प्रतिशतले घटेको छ । आज लगानी समुह सर्वाधिक ०.९१ प्रतिशतले बढेको छ 

आज राधी पावरको शेयर मूल्य सर्वाधिक ५.४८ प्रतिशतले बढेको छ भने प्रभु बैंकको शेयर मूल्य ४.७३ प्रतिशतले बढेको छ । आज प्रभु सेलेक्ट फण्ड इकाई मूल्य सर्वाधिक ९.७८ प्रतिशतले घटेको छ भने सामुदायिक लघुवित्तको शेयर मूल्य ७.५० प्रतिशतले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved