घोराही सिमेन्टको आईपिओ मूल्य ४३५, नागरिक लगानी कोषले गर्यो प्रत्याभूति सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2022 | 10:09:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा आज कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका तर्फबाट सञ्चालक आदित्य सङ्घाईले हस्ताक्षर गरेका हुन् ।

घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८०१ कित्ता शेयरको अंकित मुल्य रु १०० मा प्रिमियम बापत रु ३३५ थप गरी प्रति कित्ता रु ४३५ का दरले रु तीन अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ बराबरको शेयरको निष्काशन गर्ने छ । सम्झौता अनुसार यदि कम्पनीले निष्काशन गरेको शेयर बिक्रि नभए नागरिक लगानी कोषले खरिद गर्ने छ ।

कम्पनीले शेयर निष्काशनको लागि  हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धक चयन गरेको छ । 

सम्झौतामा हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र निष्काशन कम्पनी घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरेका छन् ।

कम्पनीले ७९ लाख ४३ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । घोराही सिमेन्ट इन्डस्ट्रि पश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग हो। बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

 त्रिवेणी र बिशाल समूह बाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ। हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved