नेप्सेमा बरुण हाइड्रोको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2022 | 08:06:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको शतप्रतिशत हकप्रदमा  मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २७१ रुपैयाँ ५० पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ४४३ रुपैयाँ थियो । कम्पनीले  हकप्रद निष्काशनको लागि आज साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्ने छन् ।

 कम्पनीले  हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । हकप्रद शेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै  बोर्डमा आवेदन दिएको थियो । 

कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।  कम्पनीले यस अघि पनि हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो ।

कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएर बोर्डबाट निष्काशन अनुमति पाएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved