१८ अंकले नेप्से बढ्दा शिवम् सिमेन्टको कारोबार उच्च, बढी कमाउनेमा बरुण हाइड्रो अगाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2022 | 04:40:56 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १८.०३ अंकले बढेर २०२९.४३ को बिन्दुमा पुगेर रोकिएको हो 

आज कारोबारमा आएका २११ कम्पनीका ३१ लाख ४२ हजार ४ सय २ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९ सय ६० रुपैयाँको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै ९ करोड ३४ लाख, एशियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख, अपि पावरको ५ करोड ८९ लाख, तथा अपार तामाकोशीको ५ करोड ६२ करोडको कारोबार भएको छ 

आज कारोबारमा आएका मध्ये ट्रेडिङ र म्युचुअल फण्ड बाहेकका सबै सूचक बढेका छन् । आज होटेल एण्ड टुरिजम समुह सर्वाधिक ४.९३ प्रतिशतले बढेको छ 

आज कारोबारमा आएका मध्ये बरुण हाइड्रोको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने इमार्जिंग नेपालको शेयर मूल्य ९.६२ प्रतिशत तथा चन्द्रागिरी हिल्सको शेयर मूल्य ६.०६ प्रतिशतले बढेको छ । त्यस्तै अपि पावरको शेयर मूल्य ५.१८ प्रतिशतले बढेको छ 

आज सर्वाधिक गुमाउनेमा सामुहिक लगानी कोषका इकाई अगाडी रहेका छन् । जस मध्ये सानिमा लार्ज क्याप फण्डको इकैई मूल्य सबैभन्दा धेरै ५.९० प्रतिशतले घटेको छ भने कुमारी इक्विटी फण्डको इकाई मूल्य ५.७६ प्रतिशतले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved