सयपत्री हाइड्रोको आईपिओ बाँडफाँड, १ लाख २१ हजार कित्ताको लागि आवेदन परेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2022 | 10:21:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले सोमबार शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा रितपूर्वक आवेदन दिने आवेदकलाई १ लाख ७८ हजार ९ सय ४० कित्ता शेयर बाँडफाँड गरिएको छ । कम्पनीले असार २ गतेदेखि असार २४ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीयलाई आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले उल्लेखित स्थानका स्थानीयलाई ३ लाख कित्ता शेयर निष्काशन गरेकोमा १ लाख ७८ हजार ९ सय ४० कित्ता मात्रको लागि आवेदन परेको हो । अब बिक्रि नभएको १ लाख २१ हजार ६० कित्ता सर्वसाधारणलाई बिक्रि हुने छ । अब सर्बसाधारणलाई कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन हुने छ ।

नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । 

कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved