दोहोरो अंकले बढ्यो नेप्से: शिवम् सिमेन्टको कारोबार उच्च, धेरै कमाउने इमर्जिङ नेपाल अगाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2022 | 03:41:40 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १६.२७ अंकले बढेर २०४५.६९ को बिन्दुमा पुगेर रोकिएको हो । 

आज कारोबारमा आएका २१३ कम्पनीका ५७ लाख १३ हजार २ सय ४८ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३ सय २६ रुपैयाँको शेयर कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै १५ करोड ९७ लाख, एभरेष्ट बैंकको १० करोड ५ लाख, हिमालयन डिस्टिलरीको ८ करोड ४८ लाख, एनआईसी एसियाको ६ करोड ८८ लाख तथा अरुण काबेलीको ५ करोड ९४ लाखको कारोबार भएको छ 

आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक बढेका छन् । जसमा  फाइनान्स समुह सबैभन्दा धेरै २.७७ प्रतिशतले बढेको छ भने लघुवित्त समुह १.८३ प्रतिशतले बढेको छ । 

आज इमार्जिंग नेपालको शेयर मूल्य सबैभन्दा धेरै ८.०१ प्रतिशतले बढेको छ भने गणपति माइक्रोफाइनान्सको शेयर मूल्य ६.९४ प्रतिशतले बढेको छ । त्यस्तै ग्रीन भेन्चर्सको शेयर मूल्य ५.५४ प्रतिशतले बढेको छ भने आइसीएफसी फाइनान्सको शेयर मूल्य ५.२७ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी गुमाउने शिर्ष ३ को सुचीमा ऋणपत्रहरु रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved