नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, १०.२५ प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2022 | 08:21:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन रहेको छ । बैंकले असार २२ गतेदेखि ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

३० लाख कित्ता मध्ये १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि र बाँकि १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट बिक्रि गरिने बैंकले जनाएको छ। यस ऋणपत्रमा सामुहिक लगनी कोषहरुले आवेदन दिएका छैनन् ।  ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

 आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १२ लाखकित्तासम्मको लागि आवेदन दिन सकिने छ  । ५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved