कुमारी बैंक र लुम्बिनी विकास बैंकले मागे ऋणपत्र निष्काशन अनुमति, ११ प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2022 | 01:54:19 PM मा प्रकाशित

laxmi  sunrise bank

थप २ कम्पनीले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । लुम्बिनी विकास बैंक र कुमारी बैंकल ऋणपत्र निष्काशन गर्दै बोर्डमा आवेदन दिएका हुन् । यी कम्पनीले क्रमश असार ३० र असार ३१ मा बोर्डमा आवेदन दिएका हुन् ।

लुम्बिनी विकास बैंकले अंकित मूल्य १००० दरको १ अर्बले हुन आउने १० लाख कित्ता ऋणपत्र निश्क्ष्ण गर्न अनुमति माग गरेको हो । १० लाख कित्ता मध्ये ४ लाख कित्ता सर्बसाधारणलाई र ६ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ११ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

त्यस्तै कुमारी बैंकले अंकित मूल्य १००० दरको ३ अर्बले हुन आउने ३० लाख कित्ता ऋणपत्र निश्क्ष्ण गर्न अनुमति माग गरेको हो । ३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्बसाधारणलाई र १८ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ११ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले ऋणपत्र निष्काशन गर्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved