नेप्सेमा सामान्य गिरावट: शिवम् सिमेन्ट र एनआईसी एसिया बैंकको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2022 | 03:22:52 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । आज नेप्से सूचक ५.८७ अंकले घटेर २०४४.७२ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २२५ कम्पनीका ३९ लाख ८ हजार ३ सय ९५ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५ सय ८६ रुपैयाँ ५० पैसा बराबरको शेयर कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै १७ करोड ८० लाखको कारोबार भएको छ भने एनआईसी एसिया बैंकको ११ करोड २२ लाख कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ६ करोड २८ लाखको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ६ करोड २ लाखको कारोबार भएको छ 

आज कारोबारमा आएका मध्ये सेन्ट्रल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ३.१६ प्रतिसतले बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य २.७४ प्रतिशतले बढेको छ 

आज आईसीएफसी फाइनान्सको ऋणपत्रको शेयर मूल्य सर्वाधिक ६.७१ प्रतिशतले घटेको छ भने किसान लघुवित्तको शेयर मूल्य ५.३५ प्रतिशतले तथा साधना लघुवित्तको शेयर मूल्य ४.४५ प्रतिशतले घटेको छ 

आज कारोबारमा आएका मध्ये अन्य र बैंकिंग बाहेकका सबै समुहगत सूचक घटेका छन् । ट्रेडिङ समुहको सूचक सर्बाधिक १.५८ प्रतिशतले घटेको छ भने लाइफ इन्स्योरेन्स समुहको सूचक १.५२ प्रतिशतले घटेको छ । त्यस्तै लगानी समुहको सूचक १.०७ प्रतिशतले घटेको छ 

आज कारोबारमा आएका मध्ये १२६ कम्पनीको शेयर मूल्य घटेको छ भने ४७ कम्पनीको शेयर मूल्य बढेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved