मौद्रिक नीतिका विषय सकारात्मक छन्, तर पुरा नभएका हाम्रा माग उठाईरहन्छौ: लगानीकर्ता फुल्लेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2022 | 06:15:03 PM मा प्रकाशित

 शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले मौद्रिक नीतिका केहि विषय सकारात्मक रहेपनि आफ्नो सम्पूर्ण माग पुरा नभएकोले आवाज उठाईरहने बताएका छन् ।  

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आज सार्वजनिक गर्दै मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको,   सेयर धितो कर्जामा लगाइएको ४/१२ को सिमालाई परिमार्जन गर्दै अधिकतम १२ करोडको सिमा कायम गरिएको छ, ब्रोकर मार्फत शेयर धितोकर्जा नियमित र व्यवस्थित भएपछि १२ करोडको सिमा हटाईने ब्यबस्था गरिएको, २०८० असार मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरूले जारी गरेको ऋणपत्रलाइ कर्जा निक्षेप श्रोतको रूपमा गणना गर्न पाइने ब्यबस्था सकारात्मक रहेको उनले बताए ।

त्यस्तै बैंक तथा लघुवित्तहरूले २०७९ पुस मसान्तभित्र एकिकृत कारोवार गरेमा मात्र सहुलियत पाइने व्यवस्था गरिएको , साना लगानीकर्ताहरूको शेयर बजारमा उत्साहजनक सहभागिताका लागी २५ लाख सम्म शेयर ऋण लिंदा भारित औसत १०० प्रतिशत कायम गरिएका व्यवस्था लगायतका विषय वस्तुलाई सकारात्मक रूपमा लिन सकिने उनको भनाई छ।

  तर लगानीकर्ताका संघ संगठनहरूले नियमित रूपमा उठाउँदै आएका मागहरू जस्तै: ४/१२ को क्याप पुर्ण रूपमा खारेज, भारित औषत १०० प्रतिशत कायम गरिनुपर्ने, सिसिडि रेसियो कायम गरिनुपर्ने, व्याजदर एकल अंकमा सिमित गरिनुपर्ने जस्ता माग अक्षरस सम्बोधन नभएकोले आफ्नो यी मागहरू स्थापित नभए सम्म माग उठाई नै रहने उनले बताएका छन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved