एनएमबि क्यापिटलले पायो नयाँ म्युचुअल फण्ड संचालन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2022 | 01:05:43 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनएमबि क्यापिटलले नयाँ सामुहिक लगानी कोष योजना संचालन गर्नको लागि नेपाल धितोपत्र  बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ संचालनको लागि बोर्डबाट अनुमति पाएको हो 

बोर्डले साउन ५ गते योजना संचालनको लागि अनुमति प्रदान गरेको हो । यो योजनाको आकार १ अर्ब २० करोड रहेको छ । यो बन्द मुखी योजना हो । योजना अन्तर्गत १० रुपैयाँ अंकित दरका १२ करोड इकाईहरु निष्काशन हुने छन् ।

हाल क्यापिटलले ३ वटा म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ। क्यापिटलले बन्दमुखी तर्फ एनएमबि हाइब्रिड फण्ड एल १ , र एनएमबि ५० योजना संचालन गरिरहेको छ भने खुलामुखी तर्फ एनएमबी सरल बचत फण्ड ई संचालन गरिरहेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved