आज पनि शेयर बजारमा हरियाली, ५४ अंकले सूचक बढ्दा ४ अर्ब बढीको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2022 | 03:20:47 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५४.४५ अंकले बढेर २१३२.९६ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर खरिद बिकीबाट ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९ सय ४१ रुपैयाँ ३७ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबै भन्दा धेरै १५ करोड २९ लाख, अरुण काबेली पावरको १४ करोड ५१ लाख, नेपाल टेलिकमको ११ करोड ५१ लाख, हिमालयन डिस्टिलरीको ११ करोड ४९ लाख तथा अपर तामाकोशीको १० करोड ६० लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ७.९ प्रतिशत तथा विकास बैंक समुह ५.८४ प्रतिशतले बढेको छ। त्यस्तै हाइड्रो समुह ४.५ प्रतिशतले बढेको छ । 

आज नारायणी विकास बैंक, मल्टीपर्पोज फाइनान्स, सुर्योदय वोमी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रो लगायत १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बढी गुमाउने ऋणपत्र र सामुहिक लगानी कोषका इकाईहरु रहेका छन् । 

यस अघि हिजो आइतबार शेयरबजार परिसूचक नेप्से ६१.०५ अंक अर्थात् ३.०३ प्रतिशतले बढेर २०७८.५१ को बिन्दुमा पुगेर रोकिएको थियो । आइतबार २ अर्ब ७३ करोडको कारोबार भएकोमा आज कारोबार रकम ४ अर्ब बढी रहेको छ । 

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले लगानीकर्ताहरुले उठाई रहेका ब्यबस्था परिमार्जन गरेपछि लगानीकर्ता उत्साहित भएका हुन् । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत कायम गरेको छ। त्यस्तै शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु १२ करोड कायम गरिने उल्लेख छ । ४/१२ भनेर परिचित यस नीतिमा ४ खारेज भएर १२ को सीमा कायम रहेको हो।   शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने मौद्रिक नीतिमा उल्लेख छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved