नेप्सेमा भावी डेपुटी सीइओको रुपमा हेरिने १० औ तहको प्रबन्धक बन्न २६ जनाको आवेदन (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2022 | 05:33:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रबन्धक बन्नको लागि २६ जनाको आवेदन परेको छ । खुला प्रतियोगिताबाट हुने यस नियुक्तिको लागि नेप्से भित्र कै ९ जना सहित २६ जनाले आवेदन दिएका हुन् ।

नेप्सेमा प्रबन्धक भनेको १० औ तहको पद हो । हाल यस पदमा निरन्जन फुयाल रहेका छन् । उनी आन्तरिक बढुवाबाट केहि समय अघि मात्र प्रबन्धक पदमा बढुवा भएका हुन् । १० औ तहमा २ जनाको दरबन्दी रहेकोले अब १ जना खुला प्रतिस्पर्धाबाट नियुक्त हुने छ । यसको परीक्षा लोक सेवाले लिने छ ।

नेप्सेमा ११ औ तह पनि रहेको छ । तह ११ भनेको नेप्सेमा सीइओ पछिको ठूलो पद हो । यो पदलाई डेपुटी सीइओको रुपमा पनि लिने गरिएको छ  हाल यो पद रिक्त छ ।  १० औ तहमा रहेका २ जना मध्ये बाट नै ११ औ तहमा  बढुवा हुने भएकोले १० औ तहलाई महत्वका साथ हेरिएको छ 

१० औ तहको लागि आवेदन दिनेमा नेप्से भित्र बाट प्रविन पन्दाक रहेकी छिन्  हाल उनी कामु प्रबन्धक रहेकी छिन् । त्यस्तै नेप्सेका प्रवक्ता समेत रहेका  सहायक प्रबन्धक मुराहरी पराजुली, नेप्सेका आईटी प्रमुख निरन्जन सिंह नायक, सहायक प्रबन्धक गिरिराज दाहाल,  सुपरिवेक्षण शाखाका कायम मुकायम प्रबन्धक सुरेश जोशी, वरिष्ठ अधिकृत प्रभाकर घिमिरे, आईटीकी सहायक अधिकृत निशा तिमल्सिना, सहायक प्रबन्धक सागर ढुंगेल लगायत रहेका छन् । 

हेर्नुस् को को छन् १० औ तहको लागि आवेदन दिने आवेदक ?

प्रविन पन्दाक, झापा

अमर बहादुर ओली, रुकुम 

लिलाधर सुवेदी, झापा 

निशा तिमल्सिना, काठमाडौँ 

जीवन शाक्य, नुवाकोट 

हरिराज थपलिया, नुवाकोट

राम कोजु, भक्तपुर

विधिसा खड्का, रामेछाप 

निरन्जन सिंह नायक, कंचनपुर 

सागर ढुंगेल, रामेछाप

गिरिराज दाहाल, ओखलढुंगा 

मुराहरी पराजुली, कास्की 

सुरेश जोशी 

भिमराज उप्रेती, झापा 

शान्ति पौडेल, बुटल 

सुजन भण्डारी, गुल्मी 

भेषराज खनाल, अर्घाखाँची 

विनोद पन्त, गोरखा 

पोष्टराज लामिछाने, इलाम 

प्रभावकर घिमिरे, ललितपुर 

रोहित रेग्मी, बिराटनगर 

ओम प्रकाश धिताल , मोरङ 

मुकुन्द सरण वाग्ले, स्याङजा

दिपक कुमार तामाङ, खोटाङ 

यशोदा तामाङ, खोटाङ 

राजेश सिलवाल, नुवाकोट

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved